एक किलोको दश लाख पर्ने केशरको खेती इलाममा शुरु

इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्रतिनीधिले केशरको फूल पहिलो पटक टिपेका छन् ।

केशर यहाँ हुन्छ या हुदैन भन्ने अन्यौलका बीच सफल भइ उत्पादन शुरु गरेको अध्यक्ष बीर बहादुर कटुवालले बताए । उनले परिक्षणका लागि भारतको कास्मीरबाट दुइ मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाएको जानकारी दिए । थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सय देखि दुइ हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ ।

असोज महिनामा यो बाली लगाएर कार्तिक मंसी रमा उत्पादन लिने गरेको पाइन्छ । नेपालमा यसको उत्पादन गुण स्तरिय भएको र पहिलो पटकको आफ्नो उत्पादन आशलाग्दो भएको कटुवालले बताए । उनले जति चेप्टो र लामो साइजमा फूलको लुर्का भयो त्यति बढि मुल्य पर्ने र यसको सुगन्धले समेत प्रभाव पार्ने बताए । कम्तिमा ६ लाख रुपैयाँसम्ममा प्रतिकिलो विक्रि भएको उनको भनाई छ ।

विश्वकै महँगो खेती केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ। फूल भित्रको रातो लुर्का संकलन गरि सुकाएर विक्रि गर्ने गरिन्छ। एउटा फूलमा दश देखि १५ मिलिग्राम केशर प्राप्त हुन्छ। करिव डेढ लाख फूलबाट एक किलो केशर प्राप्त हुने गर्दछ । अंग्रेजीमा स्याफरोन भनेर चिनीने केशर खेती युरोपबाट शुरु भएको इतिहास पाइन्छ । नेपालमा भने २०१९ सालमा टीस्टुङमा परिक्षण खेती लगाइएको थियो । नेपालमा हाल सात देखि दश किलो केशर बार्षिक उत्पादन हुने अनुमान छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖