कलंकी–नौबिसे सडक म’र्मत सुरु : अब एकतर्फी मात्र सवारी सञ्चालन हुने

काठमाडौं ।काठमाडौं उपत्यका बाहिरिने र भित्रने मुख्य थानकोट नाका सडक खण्डमा केही समय सवारी आवतजावतमा स’मस्या हुने भएको छ । कलंकीदेखि नौबिसेसम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर म’र्मत गर्न थालिएको हो । महानगरीय ट्राफिक प्र’हरी महाशाखाले एक सूचना जारी गरेर मंगलबारबाट सुरु भएको मर्मत कार्यका कारण सडकमा अव’रोध आउने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले सडक म’र्मत अवधिभर उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने टेनिस रोकाले आजको राजधानी दैनिकमा लेखेका छन् ।

सडक विभागका प्रवक्ता शिवहरि पौडेलले कलंकी नौबिसे सडकखण्डमा म’र्मतको काम जारी रहेको र अहिले पनि त्यसैको निरन्तरता रहेको बताए । ‘बि’ग्रेको ठाउँमा बनाउने, पिच उक्केको टाल्ने नियमित काम भइरहेको थियो, अहिले पनि त्यसैको निरन्तरता हो’ उनले  भने ।

प्रवक्ता पौडेलले त्यस सडकखण्डमा धेरै काम सम्पन्न भएको भन्दै लोडेड गाडीले बि’गारेको सडकको पनि म’र्मत हुने बताए । उनका अनुसार त्यस क्षेत्रको सडक म’र्मत कार्य मंसिरसम्म नै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी अनुसार बिहान ९ बजेदेखि कंलकी–थानकोट सडकखण्ड (ढुंगेअड्डामा) र दिउँसो १ बजेदेखि नागढुंगा–नौबिसे सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरेर म’र्मतको काम हुनेछ । ट्राफिक प्रहरीले उक्त सडकखण्डमा ज’थाभावी ओ’भरटेक नगरी लेन अ’नुशासन पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह पनि गरेको छ ।

गत ५, ६ र ७ असोजमा दसैंका लागि यातायात सहज आवातजावत होस् भनेर दैनिक १ घण्टा एकतर्फी सवारी रोकेर खाल्टा परेका ठाउँमा कालोपत्रे गरिएको थियो । सो समयमा अत्यधिक जा’मका कारण एक जना बि’रामीको बसभित्रै नि’धन भएपछि जाम खुलाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन नै दिनुपरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖