मुढेवास भलिवल : टोड्केसंग फाईनल भी’डेको साहाराले हा’तपार्यो जीत
धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका २ मुढेवास शुक्रवारेमा सञ्चालित खुल्ला पुरुष भलिवल प्रतियोगिताको जीत साहारा क्लवले हात पारेको छ ।
फाईनलमा टोड्के संग भी’डेको उसले जीत हाँसिल गर्दै नगरद २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा चित्त वुझाएकको टोड्केले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणा पत्र पुरस्कार पाएको छ । द्धितीय मेलाको अवसरमा यो प्रतियोगिता सञचालन गरिएको हो ।
सोही मेलाकै अवसरमा भएको गरी स्लो वाईक रेसमा गणेश वहादुर वाजी प्रथम भएको आयोजकलाई उधृत गर्दै नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँलाई नगद १५ सय पुरस्कार दिईएको छ । भने डोरी तान्ने खेल तर्फ पूर्ण लिम्वुको समूह विजयी वन्दै नगद १५ सय पुरस्कार पाएको छ ।
प्रतियोगिताका विजयीहरुलाई शुक्रवारे वजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर श्रेष्ठ, मेला समापन कार्यत्रक्रमका प्रमुख अतिथि २ नं वडाध्यक्ष ममिन्द्र कुमार लिम्वु, वजार व्यवस्थापन समिति सदस्य सञ्च वहादुर मादीले पुरस्कार वितरण गरेका थिए ।


