चुलाचुलीमा खुल्ला नकआउट फुटबल शूरु

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा आज देखी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता शूरुभएको छ । धार्मिक तथा ऐतिहाँसिक बाला चर्तुदर्शी मेलाको अवसरमा चुलाचुली यूवा क्लब छथरजोरपाटी गाउँपालिका ३ र ५ को संयूक्त आयोजनामा प्रतियोतिा शूरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा सिधुवा सिंहदेवी यूवा क्लब छथरजोरपाटी ६ र आयोजक नीलो वीच भएको खेलमा ०-४ गोलको अन्तरले सिधुवा सिंह देवि यूवाक्लब छथरजोरपाटी ६ विजयी भएको छ । त्यस्तै काजिमान एकल समाज र चुलाचुली मावि वीच भएको दोस्रो खेलमा १-२ गोल अन्तरले चुला चुली मावि विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटन चुलाचुली यूवाक्लबका कार्यबाहाक अध्यक्ष कुमार भट्राईको अध्यक्षता तथा चुलाचुली बजार व्यवस्थापन समितिको अध्यक्ष सारादा प्रसाद दाहालको प्रमुख अतिथ्यमा भएको एक कार्यक्रमको वीच गरिएको थियो । बाला चर्तुदर्शीको दिन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा छथरजोरपाटी गाउँपालिका भित्रका विभिन्न क्लब ,संस्था,धनकुटा नगरपालीका सहित तेह्रथुम जिल्लाका गरी जम्मा १२ वटा टिमले सहभागीता जनाएको क्लबका कोषध्यक्ष मोहनकर्ण आङला लिम्बुले जानकारी दिनुयो ।

खेलकुल क्षेत्रको विकास चुलाचुली शिवालय मन्दिर, बाला चर्तुदर्शि मेलाको प्रचार प्रसार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजयी प्रथम समूहले नगद रु ३० हजार सहित ट्रफी, मेडल,प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने समूहले नगद रु २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।