फुलन्देकी आमा धनकुटा आऊदै
धनकुटा खबर । मंशिर १८ गते धनकुटामा हाँस्य कलाकार उमेश राई (फुलन्देकी आमा) धनकुटा आउनुहुनेभएको छ । धनकुटामा वन्दै गरेको किराँती राजा यलम्वरहाङको मूर्ति निर्माण सहयोगार्थ किराँत राई यायोख्खा र किराँत राई कलाकार संघ धनकुटाको संयुक्त आयोजना कार्यक्रम गर्न लागिएको वृहत साँस्कृतीक ककार्यक्रमका लाति फुलन्देकी आमा यहाँ आउन लाग्नुभएको हो ।
धनकुटाको राई कुवा टोलमा वन्दै गरेको किराँती राजा यलम्वर हाङको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगे पनि मूर्ति ल्याएर अनावरण गर्न रकम अपुग भएकोले कार्यक्रम गर्न लागिएको किराँत राई यायोख्खा जिल्ला अध्यक्ष नेगेन्द्र राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार मूर्ति ल्याउन र अनावरण गर्न अझै ४ लाख बढी रकम अपुग छ ।
धनकुटाको त्रीवेणी स्कूल प्राङगणमा हुने साँसकृतीक कार्यक्रम अपराहन्न ४ वजेदेखी शूरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थितीका लागि सम्पूर्णलाई आयोजकले आह्वान समेत गरेको छ ।


