धनकुटाको हिलेमा व्या’डमि’ण्टन शुरु, देशभरका खेलाडी सहभागी

धनकुटा खबर । हिले व्याटमिन्टन क्लबको आयोजना तथा धनकुटा नगरपालिकाको प्रायोजनमा आजदेखि धनकुटाको हिलेमा दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिता शूरुभएको छ ।

आज र भोली दुई दिन सञ्चालन हुने प्रतियोगितामा धनकुटा सहित संखुवासभा, लाहन, उदयपुर, भोजपुर, पाँचथर, झापा, मोरङ्ग, सुनसरी, तेह्रथुम, काठमाडौ सहित देशभरका खेलाडीहरु सहभागिछन् ।

प्रतियोगिताका विजयी प्रथमले पुरुष खुल्ला डबल तर्फ नगद रु ३० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र , दोस्रो हुनेले रु २० हजार सहित मेडल र प्रमाण पत्र, तेस्रो हुनेले रु १० हजार सिहत मेडल प्रमाण पत्र पुरस्कार पाउनेछन भने भेट्रान्स डबल ४५ वर्ष माथि पहिलो हुनेलृ नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र, दोस्रो हुनेले १० हजार सिहत मेडल र प्रमाण पत्र,तेस्रो हुनेले रु ५ हजार मेडल र प्रमाण पत्र पाउनेछन् ।

त्यसैगरि महिला तर्फ पहिलो हुनेले रु १० हजार सहित मेडल र प्रमाण पत्र,दोस्रो हुनेले रु ५ हजार मेडल र प्रमाण पत्र, तेस्रो हुनेले रु २ हजार मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितका उद्घाटन हिले व्याटमिन्टन क्लबका अध्यक्ष राम गोङबाको अध्यक्षतामा भएको कार्यक्रमको वीच प्रदेश सभा सदस्य निरन राईले गर्नुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य वङदा थिङ्ग ,धनकुटा नगरपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष लालचन गोङ्गवा, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगायतको उपस्थिती थियो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला खेलकुद विकास समन्वय समितिका अध्यक्ष भोगेन्द्र थापाले राख्नुभएको थियो भने सञ्चालन क्लबका सचिव सञ्जिव तितुङले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।