धनकुटामा जारी प्रथम महिला गोल्डकप : नेपाल पुलिसलाई ह’राऊँदै एपिएफ फाइनलमा
धनकुटा खबर, १६ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटवल प्रतियोगिता’को फाइनलमा एपिएफ पुगेको छ ।
वुधवार धनकुटा सदरमुकाम स्थित तल्लो टुडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिसलाई २–१ गोलअन्तरले प’राजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा सावित्रा भण्डारी र अनिता वस्नेतले गोल गरिन् । भने पुलिसले एक गोल उपहार पाएको थियो ।

एपिएफको जीतमा सावित्रा भण्डारीको प्रर्दशन उत्कृष्ट रहेको थियो । उनले एक गोल गर्दै सहकर्मी साथी अनिता वस्नेतलाई उत्कृष्ट पास उपलब्ध गराइदिएकी थिइन् । ३२ औं मिनेटमा मनमायाले ब्याक हेडिङ मार्फत दिएको वलमा गोलकिपर एञ्जिला तुम्वाहाम्फो सुब्बा झुक्किदा गोलमा परिणत भएको थियो ।
आज सम्पन्न खेलको वुमन अफदी म्याच एपिएफकी कप्तान अनिता वस्नेत भइन् । भोलीको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी र रौतहट फुटवल क्लव वीच हुनेछ । किरात आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद दुई लाख टफि र उपविजेताले नगद १ लाख रुपैया पाउनेछन् ।


