सागमा पदक विजेता धनकुटाका खेलाडीलाई पनि नगद सहित अभिनन्दन गरिने

धनकुटा खबर, १६ पुष । काठमाण्डौमा हालै सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउन सफल धनकुटाका २ जना खेलाडीलाई अभिनन्दन गरिने भएको छ ।

धनकुटा नगरपालिकाले आज पत्रकार सम्मेलन गरि धनकुटाका सुजल श्रेष्ठ र चित्र ठकुरीलाई नगद सहित अभिनन्दन गरिने जानकारी दिएको हो । सुजलले फुटबलमा स्वर्णपदक तथा चित्रले उसुमा कास्य पदक दिलाएका थिए ।

स्वर्ण पदक विजेता फुटबलका सुजल श्रेष्ठलाई १ लाख र उसुकी चित्र ठकुरीलाई ५० हजार रुपैया सहित अभिनन्दन गरिन धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले जानकारी दिनुभयो । कार्यक्रम साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरेर तल्लो टुँडिखेलमा कार्यक्रम सम्पन्न गरिने प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।