धनकुटामा हात्ती पाईले रोगको जी’वाणु फेलापर्यो, माघ २५ गतेवाट जिल्ला भरी औषधि खुवाईदै

धनकुटा खबर । हात्ती पाईले रोग वि रुद्धको औषधि खुवाउने अभियान MDA को जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि आज धनकुटामा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यलय धनकुटाको आयोजना तथा USAID को सहयोगमा सञ्चालित गोष्ठिमा धनकुटा जिल्लामा हात्ती पाईले रोग फैलन रोक्ने तथा विरामीको संख्यामा कमी ल्याउने वारेमा छलफल भएको छ ।

जिल्ला समन्वय समितिका धनकुटाका संयोजक टंक चौहानको अध्यक्षतामा भएको गाष्ठिको सहजीकरण डा प्रकाश शाह लगायतले गर्नुभएको थियो । हात्ती पाईले रोग मानिसलाई शारिरीक रुपमा नराम्ररी अ’सक्त, अ’पांगता एवम् असमर्थ वनाउनु रोग हो । यो रोग क्युलेक्स जातको सं’क्रमित पो’थी लामखुट्टेले स्वस्थ्य मानिसलाई टो’के सर्ने गर्दछ ।

यो रोग निवारणका लागि २ वर्ष माथिका सवै मानिसलाई DEC र अल्वेण्डा जोल नामक औषधि निरन्तर वर्षमा १ पटक ६ वर्ष सम्म खानु पर्ने गोष्ठिमा जानकरी गराईएको छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

नेपालमा सन् २००३ वाट र धनकुटा जिल्लामा सन् २०११ वाटै यो रोग विरुद्धको औषधि आम रुपमा खुवाईए पनि Post MDA Surveillance पोष्ट एम डि ए सर्भिलेन्स को क्रममा लेगुवामा प्रति १० हजारमा २.३३ जना मानिसमा यो रोगको जि’वाणु फेला परेकोले यो वर्ष पनि माघ २५ गतेवाट जिल्ला भरी औषधि खुवाउन लागिएको छ ।

यो रोगको औषधि ग’र्भवती महिला, सि’किस्त विरामी र २ वर्ष भन्दा मूनि उमेरका वच्चाहरुलाई भने खुवाईदैन । ७ वटै स्थानिय तहका प्रमुख, उपप्रमुख एवम् स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती रहेको गोष्ठिमा स्वागत मन्तव्य स्वास्थ्य कार्यलयका निमित्त स्वास्थ्य प्रमुख तुलसी गुरागाईले राख्नुभएको थियो भने सञ्चालन उदय शंकर शाहले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖