भोलि र पर्सी धनकुटाको पाख्रीवास-८ मा निःशुल्क स्वास्थ्य शिविर

धनकुटा खबर, पौष १९ । धनकुटाको पाख्रीवास नगरपालिका ८ मुगामा भोलि र पर्सी दुईदिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

पाख्रीवास नगरपालिकाको आर्थिक सहयोग तथा पाख्रीवास नगरपालिका ७ र ८ नं वडा को संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा विरा मेडिकल कलेज तथा टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोग रहने ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो ।

ग्रामीण भेगका सर्वसाधारणहरुलाई स्वास्थ्यसेवा दिने लक्षका साथ आयोजना गर्न लागिएको शिविरमा सम्पूर्णलाई आफ्नो स्वास्थ्य जाँच गराई लाभ लिनुहुन आह्वान गरिएको छ ।

शिविर भोलि विहान १० वजेदेखी मुगा स्वास्थ्यचौकी भवनमा सञ्चालन हुने छ । शिविरमा स्त्री तथा वालरोग,आँखाको समस्या लगायत विभिन्न रोगको उपचार सेवा प्रदान गरिने स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖