बुद्धिचाल संघ धनकुटाको अध्यक्षमा राजेश्वर श्रेष्ठ !

धनकुटा खबर । धनकुटा जिल्ला बुद्धिचाल संघको अध्यक्षमा राजेश्वर बहादुर श्रेष्ठ चयन हुनु भएको छ ।

संघको विहिबार सम्पन्न साधारण सभाले पुनःश्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो । संघको उपाध्यक्षमा हिमप्रसाद राई , सचिवमा रमेश चन्द्र अधिकारी,कोषध्यक्षमा विजय शेखर श्रेष्ठ, सदस्यमा अम्बिका खुलाल, अरुण पासवान, ज्ञानेन्द्र कार्कि, पूर्णकुमार डंगोल, राजकुमार डंगोल चयन हुनु भएको छ ।

इलाममा फागुन २ गते हुन लागेको प्रदेश न.१ बुद्धिचाल संघको प्रथम साधारण सभाको लागि प्रेम सुब्बा, अम्बिका खुलाल र रमेश चन्द्र अधिकारी लाई प्रतिनिधीको रुपमा चयन गरेको छ ।

साधारण सभामा केन्द्रिय प्रतिनिधी निरज निरौला प्रदेश संयोजक राजेन्द्रप्रसाद रिजाल र झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष कृष्णप्रसाद सिग्देल लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।