धनकुटाको भीरगाउँमा सूर्य वहादुर थापा स्मृती कप खुल्ला फुटबल शुरु
धनकुटा खबर, माघ १ । सूर्य वहादुर थापा स्मृती कप खुल्ला फुटबल प्रतियोगिता आज देखी धनकुटाको भीरगाउँमा शुरु भएको छ ।
सयपत्री यूवा क्लव धनकुटा २ भीरगाउले आयोजना गरिएको उक्त फुटबल प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई गर्नु हुदै खेलकुलले सवैलाई अनुशासित बनाउदै नेपाललाई अन्तराष्टिय स्तर सम्म परिचय गराउने वताउनु भयो ।
सयपत्री यूवा क्लव भीरगाउँका अध्यक्ष सान वहादुर राईको अध्यक्षता भएकोउद्घाटन कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य माथि राप्रपा संयूक्तका नेता राज कुमार राईले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समाजसेवी राजेन्द्र गुरागाईले गुर्न भएको थियो ।

धनकुटा, तह्थुम, सुनसरी, मोरगका १८ क्लवहरुले भाग लिएको प्रतियोगितामा सूर्य वहादुर थापा स्मृती कप खुल्ला फुटबल प्रतियोगिताको प्रथम ५० हजार र दोस्रो ३० हजार रुपैया नगद र कप तथा मेडल पुरस्कार रहेको छ भने पुरस्कारको व्यवस्था पूर्व प्रधान मन्त्री स्व. सुर्य वहादुर थापाका सुपुत्र पूर्व मन्त्री सुनिल वहादुर थापाले गर्नु भएको यूवा नेता राजकुमार राईले वताउनु भयो ।
उद्घाटनमा आयोजक टिम भीरगाउ र झापा एकेडी टिम बिच सो म्याच भएको आयोजक समितिका अध्यक्ष सान वहादुर राईले वताउनु भयो ।


