जिल्ला भलिवल संघ धनकुटामा गौरव
धनकुटा खबर, माघ १८ । जिल्ला भलिवल संघ धनकुटाको चौथो अधिवेसनवाट आज गौरव कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला भलिवल संघ गठन गरिएको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराम पराजुली, उपध्यक्षमा चन्द्र लिम्वु, सचिवमा टेक वहादुर सुन्दास, सहसचिवमा रविन लिम्वु, कोषाध्यक्षमा दिनेसराज सुवेदी र सह कोषध्यक्षमा जुनु राई रहेकाछन् ।
संघका निर्वतमान अध्यक्ष केशर वहादुर लिम्वुको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेसनवाट गठित समितिका अन्य सदस्यहरुमा योगेन्द्र वहादुर श्रेष्ठ, उमेश गिरी, यम वहादुर पौडेल, अनिल तिम्सिना, सुरेन राई, अमृत राई लगायत रहेकाछन् ।


