के हुन्छ जब हा’त्तीपाईले रो’गले समाऊछ ?

धनकुटाको छथरजोरपाटीमा 'एमडिए' अन्तरक्रिया शूरु

धनकुटा खबर, माघ १९ । हा’त्तीपाईले रोग विरुद्धको आम औषधि खुवाउने अभियान एमडिए अन्र्तगत आजदेखी धनकुटाको छथरजोरपाटी गाउँपालिकामा वडा स्तरिय अन्तरक्रिया शूरु गरिएको छ ।

जसअनुसार आज पहिलो दिन गाउँपालिकाको वडा नं ६ सिधुवा परेवादिन स्वास्थ्यचौकीमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा दिईएको जानकारी अनुसार लिम्फ नलीहरु सु’निन्नु, रातो भई दु’ख्नु, पु’रुषको अ’ण्डकोष ठूलो हुनु, वरपरका नसाहरु फुल्नु दु’ख्नु, महिलाको यो’नि सु’निन्नु, दु’ख्नु, हात तथा खुट्टा सुनिन्नु दु’ख्नु, पि’साव रातो वा सेतो हुनु, लामो समय सम्म सुख्खा खोकी लागि रहनु, दम वढ्नु जस्ता हात्ती पाईले रोगका लक्षण हुन् ।

गाउँपालिका स्वास्थ्यशाखाको आयोजनामा सञ्चालित अन्तरक्रिया वडा नं ६ का अध्यक्ष दिल वहादुर थापाको अध्यक्षतामा भएको थियो । अन्तरक्रियाको सहजीकरण गाउँपालिका स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोल र परेवादिन स्वास्थ्यचौकी प्रमुख चेत वीर थापाले गर्नुभएको थियो ।

यस्तै अन्तरक्रिया ताङखुवा र हात्ती खर्कमा भोलि गरिने र अन्य वडाहरुमा क्रमश गर्दै जाने स्वास्थ्यशाखा प्रमुख डङ्गोलले वताउनुभयो । धनकुटा जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाउने अभियान यही माघ २५ गतेवाट शूरु हुँदै छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।