धनकुटाको छथरजोरपाटीमा एमडिए अभियानलाई निरन्तरता दिईदैं
धनकुटा खबर, माघ २१ । यही माघ २५ गतेदेखी धनकुटा जिल्लामा सञ्चालन हुन लागेको हात्तीपाईले रोग वि,रुद्धको आम औषधि खुवाउने अभियान (एमडिए) लाई लक्षित गर्दै धनकुटाको छथरजोरपाटी गाउँपालिकामा वडा स्तरिय अन्तरक्रि,यालाई निरन्तरता दिईएको छ ।
जसअनुसार आज गाउँपालिकाको २ नं वडा जोरपाटी सल्लेमा वडाका जनप्रतिनीधि, स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक सँग अन्तरक्रि,या गरिएको छ । गाउँपालिको स्वास्थ्य शाखाको आयोजनामा भईरहेको अन्तरक्रियाको सहजीकरण स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोल, स्वास्थ्यशाखा सह संयोजक दिन प्रसाद दुलाल लगायतले गरेका थिए ।

सहजीकरणको क्रममा हात्तीपाईले रोग कस्तो खालको रोग हो ? यो रोग कसरी लाग्छ ? यसका लक्षणहरु के के हुन्छन् ? यसको रो,कथाम तथा उपचारका लागि के गर्नुपर्छ भन्ने सहितका कुराहरु जानकारी गराईएको थियो । यस पटक धनकुटा जिल्लामा हात्तीपाईले रोग वि,रुद्धको आम औषधी १ लाख ६० हजार मानिसलाई खुवाउने ल,क्ष राखिएको छ ।


