धनकुटामा समेत कोरोना भा,इरसको रो,कथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई प्रभावकारी बनाईने

धनकुटा खबर । महामा,रीको रुप लिएको नोवेल कोरोना भा,इरसको रो,कथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई धनकुटामा समेत प्रभावकारी बनाईने भएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको अध्यक्षतामा वसेको सरोकारवाला सहितको एक वैठकले नोवेल कोरोना भा,इरसको म,हामारी, रोकथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरे जानकारी दिनु भयो ।

जिल्ला अस्पताल प्रमुख, जनस्वास्थ्य प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत स्वास्थ्य क्षेत्र सँग सम्वन्धित संस्था तथा व्यक्तिहरुको उपस्थितिमा विहिवार वसेको वैठकले जनचेतना जगाउन सचेतनामूलक कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी रुपमा अघि वढाउने निर्णय समेत गरेको उहाँको भनाई थियो ।

त्यस्तै नोवेल कोरोना भा,इरसबाट हाल सम्म नेपालमा १ जना मात्र संक्रमित विमारी देखिएको भएपनि भविष्यमा फैलन सक्ने चुनौतीलाई ध्यानमा राखि धनकुटा अस्पतालमा समेत १ वटा पृथक कक्षको व्यवस्थापन गर्ने र विमारीको यथोचित रिफर गर्ने निर्णय समेत गरिएको छ ।

वैठकमा धनकुटा अस्पतालका मेडिकल अधिकृत डा. सुशन पौडेलले अहिले विश्वमा व्यापक भएको नोवेल कोरोना भा,इरस सम्वन्धि इतिहास, त्यसको अभाव र वर्तमान र नेपालमा पर्न सक्ने समस्या लगायत यसबाट वच्न गर्नुपर्ने उपायका वारेमा विस्तृत रुपमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।