गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जग्गा वि,वाद फेरि सतहमा (भिडियो सहित)

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जग्गा वि,वाद फेरि सतहमा आएको छ। ध्रुमस सुन्तली फाउण्डेसनले बनाइरहेको क्रिकेट मैदानको जग्गा पशु अनुसन्धान केन्द्रको अनुमति बिनै गै,रकानुनीरुपमा लिइएको उपभोक्तावादी अभियन्ता तारा बरालले दाबी गरेकी छन्।

सूत्र टिभीको बहसमुलक कार्यक्रम ‘सूत्र बहस’ मा कुराकानी गर्दै बरालले राजनीतिक र ब्यापारिक दबावमा अनुसन्धान केन्द्रको जग्गा ह,डपेको आ,रोप लगाइन्। सूत्रसँग बरालले भनिन्, ‘नेपालको एक मात्रै पशु अनुसन्धानशाला छ। त्यसको जग्गा ह,डपिएको छ। म शसप्रतिशत दावाका साथ भन्न सक्छु। त्यो गैरकानुनी हो। विश्वविद्यालयका पदाधिकारीसँग कुनै सल्लाह नै नगरी मेयरले हाम्रो सत्ता छ भनेर जग्गा दिइन्।’

ऐन विपरित अनुसन्धान केन्द्रको जग्गा रंगशाला निर्माणका लागि दिइएको समेत उनले दा,बी गरिन्। ‘जग्गा महानगरपालिकाकी मेयर रेणु दाहाल र क्याबिनेटबाट पास गरेर दिएको भनेर धु्र्मुसले जवाफ दिएका छन्। तर त्यो हो भने ऐन वि,परित हुन्छ। क्याबिनेटले जग्गा दिन पाइदैन। विश्वविद्यालयको सिनेट हुन्छ। उसले सतप्रतिशत पास गरेर मात्रै जग्गा दिन पाउँछ। विश्वविद्यालय एउटा स्वायत्त संस्था हो।’ उनले भनिन्।

राजनीतिक र ब्यापारिक प्रलोभनका कारण केन्द्रको जग्गा दिइएको उनले आ,रोप लगाइन्। राजनीतिक द,बाव र ध,म्कीकै कारण विश्वविद्यालयका कर्मचारी समेत यस विषयमा बोल्न ड,राउने गरेको उनले खुलासा गरिन्।

‘विश्वविद्यालयका कर्मचारीलाई जागिर नै खाइदिने ध,म्की दिन्छन्। जसका कारण उनीहरु बेल्न ड,राउँछन्। मलाई बोलिदिन पर्यो भने फोन पनि आयो। अन्य निजी कलेजको फाइदाका लागि। पशुका लागि लगाइएको घास मैदानमा डोजर चलाइयो। पशुले घास खान नपाएपछि कसरी बाच्छन?’ उनले भनिन्।

सुरुआतमा वि,रोध गर्नुको सट्टा करोडौ. खर्च भैसकेपछि अहिले किन वि,रोध भन्ने सूत्रको प्रश्नमा आफूले भरखरै थाहा पाएकोले विरोध जनाएको उनले जवाफ दिइन्। ‘सु्रुमा थाहा भएन। मैले जुन दिन थाहा पाएँ त्यही दिन वि,रोध गरे।’ अब अन्तिमसम्म ल,ढ्छु। उनको जवाफ थियो।

‘प्रचण्ड र रेणुसँगै धु्र्मुस पनि हिरो बन्न खाजेको उनले आ,रोप लगाइन्। प्रचण्ड र रेणु दाहालले नाम कमाउन यसो गरे। राजनीतिक रुपमा चितवन चुनियो। देशकै सबैभन्दा ठूलो सम्पत्ति मासियो। चितवनकै मेघौलीमा जग्गा दिइएको रहेछ। उनीहरुले त्यहा किन बनाएनन्? कानुन मि,चेर हिरो बन्न पाइदैन।’ उनले अगाडि भनिन्।

कृषि अनुसन्धान केन्द्रको जग्गा मासिनुमा सबैभन्दा बढी दोष मेयरको र त्यसपछि धु्र्मुसको रहेको उनले बताइन्। धु्र्मुस पहिलेदेखिनै एमालेका कार्यकर्ता भएको आ,रोप लगाउँदै बरालले यसकावि,रुद्ध एक्लै पनि लढ्ने जिकिर गरिन्।

‘जग्गाका विषयमा सर्वोच्चमा पनि मुदा वि,चाराधिन छ। मैले अख्तियारमा पनि उजुरी हालिकेकी छु। यो जग्गाको लागि म एक्लै भए पनि अन्तिमसम्म ल,ड्न तयार छु।’

अहिले पनि केही नबिग्रेकाले रंगशाला निर्माणको कामलाई रोकेर जग्गा फिर्ता गर्न चे,तावनी दिदैं त्यसो नगरिए भोलिका दिनमा रंगशालामा डोजर चल्ने चेतावनी बरालले दिइन्। ‘ त्यहाँ रंगशाला बनिहाल्यो भने पनि भोलिको दिनमा डोजर चल्छ।’ उनले भनिन्। उनीसँग गरिएको कुराकानी हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।