जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आँखा उपाचार सेवा पुर्याउने नेत्रज्याेति संघ धनकुटाको निर्णय
धनकुटा खबर, ५ फाल्गुण । नेपाल नेत्रज्याेति संघ धनकुटाले जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आँखा उपाचार सेवा पु¥याउने निर्णय गरेको छ ।
नेपाल नेत्र ज्योती संघद्वारा सञ्चालित डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाबाट दिईहेको आखा उपचारलाई अझ व्यवस्थित,प्रभावकारी तथा गुणस्तरीय बनाई पूर्वकै आखा उपचारको हव बनाउने भएको छ नेत्र ज्योति संघका सभापति रोशेष श्रेष्ठको अध्यक्षतमा अाज वसेकाे बैठकले आउटरिज र डि एस टी कार्यक्रम तथा आखा शिविर अभियान मार्फत जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आखा उपचार सेवा विस्तार गरी पु¥याउने र सम्पन्न ११ औ साधारण सभाका समिक्षा लगायत विभिन्न निर्णय गरेको नेपाल नेत्र ज्योति संघ धनकुटाको प्रचार प्रसार तथा शिविर व्यवस्थापन तथा समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा जिल्ला भरीका स्वास्थ्य स्वयमसेवीका र शिक्षिकाहरुलाई आखा स्वास्थ्य सम्वन्धि तालिम प्रदान गरी आखा उपचारको सचेतना फैलाउने र नेपाल नेत्र ज्योति संघ धनकुटाले विभिन्न संघ सस्था, कार्यालय तथा स्थानीय तहसंग समन्वय तथा सहकार्य गरी आखा परिक्षण कार्यक्रम तथा शल्यक्रिया सहितको आखा शिविर, विद्यालय र समुदायमा आखा जाच कार्यक्रम, लगायत आखा उपचार कार्यक्रम स्थानीय तह,वडा तथा टोल टोलमा आखा उपचार सेवा अभियानकै रुपमा संचालन गरिने नेपाल नेत्र ज्योति संघ धनकुटका सभापति रोशेष श्रेष्ठले वताउनु भयो ।
सो अवसरमा नेपाल नेत्र ज्योति संघका केन्द्रिय कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई, नेपाल नेत्र ज्योति संघ धनकुटका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,सदस्यहरु अस्मिका राई, लिलानाथ मिश्र, प्रकाश श्रेष्ठ, विजय सन्तोषी राई ,नेत्र साहयकहरु डोनराज गुरुङ लगायतले जिल्लाभरी प्रभावकारी र गुणस्तरीय आँखा उपचार सेवा विस्तार गर्नेवारे आ आफ्नो धारणा राखेका थिए ।
धनकुटामा आँखा उपचार सेवा विस्तार गर्नका लागि जिल्लाको महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा र चौविसे गाउपालिकाको राजारानीमा आँखा उपचार केन्द्र खोल्ने लक्ष रहेको नेपाल नेत्र ज्योति संघ धनकुटाका सभापति रोशेष श्रेष्ठले वताउनु भयो ।


