धनकुटामा मैत्रीपूर्ण फुटवल – पुरुष तर्फ कर्मचारी र म,हिला तर्फ राजनैतिक दल विजयी

धनकुटा खबर, ८ फागुन । ७० औं प्रजातन्त्र दिवसको अवसरमा धनकुटामा आज भएको कर्मचारी ११ र राजनीतिक दल ११ विचको मैत्रीपूर्ण फुटवल खेलमा कर्मचारी ११ विजयी भएको छ भने महिला टिम तर्फ भने राजनैतिक दल ११ विजयी भएको छ ।

कृषी, पर्यटन प्रर्वद्धनमा महिला अभियान र धनकुटा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सम्पन्न मैत्रीपूर्ण फुटवल खेल प्रतियोगितामा पुरुष तर्फ कर्मचारीले र महिला तर्फका राजनीतिकदलले जीत हासिल गरेका छन् । पुरुष तर्फको खेलमा कर्मचारी ११ ले राजनीतिक दल ११ लाई एक गोलकाविरुद्ध दुई गोल लगाई मैत्रीपूर्ण फुटवलको उपाधी चु,मेको हो ।

जीतका लागि कर्मचारी ११ को तर्फवाट योङ्गजेन लिम्वुले एक गोल गर्नुभएको थियो भने अर्कोगोल भने उपहार पाएको थियो । यता पराजीत राजनीतिक दल ११ को तर्फवाट दिपेन शाक्यले सान्त्वना गोल फर्काउनुभएको थियो ।

यसैगरी महिलातर्फ राजनीतिक दलको तर्फवाट विपना राईको ह्याट्रिक गोल मद्यत सँगै कर्मचारी ११ माथि शुन्यका विरुद्ध तीन गोल लगाई मैत्रीपूर्ण खेलको उपाधी चु,मेको हो । पुरुष तर्फको खेलमा कर्मचारी तर्फ प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको कप्तानीमा रहेको थियो भने राजनीतिक दल तर्फ प्रदेश सभा सदस्य निरन राईको कप्तानी रहेको थियो ।

यसैगरी महिला तर्फका प्रदेश सभा सदस्य लिला सुव्वाको कप्तानी रहेको थियो भने कर्मचारी तर्फ प्रमिला थापाले कप्तानी गर्नुभएको थियो । आयोजक सस्ंथाका अध्यक्ष तारा तितुङ्गको अध्यक्षतामा सम्पन्न ट्रफी वितरण कार्यक्रममा प्रदेश सभाका न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुली, प्रदेश सभा सदस्यद्धय निरन राई, लिला सुव्वा लगायतकाले मायाको चिनो र ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।