जापानको सहयोगमा धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट

धनकुटा खबर, फागुन १४ । धनकुटा अस्पतालमा जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको अक्सिजन प्लान्ट भोलि हस्तान्तरण गरिने भएको छ ।

सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाको पहल तथा विशेष अनुरोधमा जापान सरकारको अनुदान सहयोगमा धनकुटा अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टको जापानी राजदुत साईगो मासामिचीले जिल्ला अस्पताल धनकुटालाई हस्तान्तरण गर्न लाग्नु भएको हो ।

पूर्वी पहाडी जिल्लाका जनतालाई सुविधा दिनका लागि धनकुटा अपस्तालमा उक्त अक्सिजन प्लान्ट निर्माण गर्न जापानी राजदुतलाई आग्रह गरिए अनुसार जापान सरकारको करोड वढीको लागतमा निर्माण सम्पन्न भएको सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले वताउनु भयो ।

साे अक्सिजन प्लान्टबाट धनकुटा अस्पताल लगायत पूर्वी पहाडी जिल्लाका अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउन सकिने धनकुटा जिल्ला अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट धनकुटा अस्पतालाई हस्तान्तरण गर्न जापानि राजदुत साईगो मासामिचका साथ सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापा धनकुटा आउनुहुने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।