ओलीमा मि र्गौला प्र त्यारोपण : मु टु र क लेजो विशेषज्ञ तथा न्युरोलोजिस्ट पनि त यारी अवस्थामा

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्व तयारीस्वरुप प्रधानमन्त्री ओली सोमबार बेलुका ६ बजे भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न भान्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवाली पनि त्रिवि शिक्षण अस्पतालमा सोमबार नै पुगिसकेकी छन्।

त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन्।

टोलीमा डा.पवनराज चालिसे, डा.उत्तम शर्मा, डा.दिव्यासिंह शाह र डा.सुवास आचार्य रहनेछन्।

यस्तै नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

प्रत्यारोपणपछि ५/६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए।

डा‍.खड्गाका अनुसार तीनदेखि चार घन्टामा प्रत्यारोपण सकिने छ।

अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ।

सातामा बुधबार दुई वटा मात्रै मिर्गौला पत्यारोपण हुने गरेको त्रिवि अस्पतालमा यो बुधबार प्रधानमन्त्री ओलीको मात्रै प्रत्यारोपण गर्ने अस्पतालको तयारी छ।

हालसम्म त्रिवि शिक्षण अस्पतालमा ८ सय वटा मिर्गौला प्रत्यारोपण भइसकेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।