दोस्रोपटक मि र्गौला प्र त्यारोपण गर्ने १० जनाकै श ल्यक्रिया सफल, प्रधानमन्त्री ओली पनि ढु क्क
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मर्गौला प्रत्यारोपण गरिँदैछ।
उनलाई भान्जी नातापर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदैछिन्।
आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको समाचार अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ।
‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरुको जस्तो छ। प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठिक छ,’ डा. प्रेमराज ज्ञवालीले भने।
यस अघि नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल भएको थियो।
यसले पनि आफ्नो शल्यक्रिया सफल हुनेमा प्रधानमन्त्री ओली ढुक्क देखिएका छन्।


