कोरोना भा,ईरसबाट ब,च्न धनकुटामा हातधुने अभियान

धनकुटा खबर, चैत १० । जिल्लाको सर्वसाधारणलाई कोरोना भा,ईरसको सं,क्रमणबाट ब,च्न आज धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम गर्दै सावुन पानीले हात धुने ठाउँ स्थापना गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघ, धनकुटा नगरपालिका र छथरजोरपाटी गाउपालिकाको संयुक्त आयोजनामा हातधुने सहितका जनचेतना मुलुक अभियान सञ्चालन गरिएको हो । जसअनुसार धनकुटा र हिलेमा भएको यो अभियान अन्र्तगत १७ वटा चौक तथा सार्वजानिक स्थलहरुमा हात धुने ठाउँको स्थापना गरिएको छ ।

हातधुने अभियानको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले उद्घाटन गर्नु हुदै कोरोना भाईसबाट बच्नका लागि सचेतना अभियान सवैले सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको हात धुने स्थलको स्थापना कार्यक्रममा धनकुटा उद्योग बाािणज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष खगेन्द्र विष्ट लगायतको सहभागीता थियो ।

यसैगरी हिले बजारमा भएको हात धुने स्थल स्थापना कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरन तामाङ्गले गर्नु भएको थियो । यसैगरी छथरजोरपाटी गाउँपालिकाको संयूक्त आयोजनामा भएको हात धुने स्थलको स्थापना कार्यक्रम अन्र्तगत छथरजोरपाटी गाउँपालिकाको जोरपाटी बजार र सिधुवा बजारमा ७ वटा हात धुने ठाउँ स्थापना गरिएको छ ।

यहाँ भएको कार्यक्रमको छथरजोरपाटी गाउपालिकाका उपाध्यक्ष भिमकला श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी सहित छथरजोरपार्टी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दिल वहादुर थापा,धनकुटा उद्योग बाणिज्य संघ छथरजोरपाटी शाखाका अध्यक्ष शिव श्रेष्ठ, छथरजोरपाटी स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डङ्गोल लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖