कोरियामा रहेका धनकुटेलीद्वारा ५ लाख बराबरको कोरोनाविरुद्धको सामान सहयोग

कबिराज घिमिरे । धनकुटा कोरिया समाजले धनकुटामा करिब ५ लाख बराबरको कोरोनाविरुद्धको सामान सहयोग गरेको छ । धनकुटा स्थायी बसोबास रहि हाल रोजगारीको शिलशिलामा कोरिया रहेका धनकुटेलीहरुको समूहले धनकुटामा ४ लाख ८० हजार दुई सय ७७ रुपैयाँ १२ पैसा बराबरको सहयोग गरेका हुन ।

समाजले कोरोना नियन्त्रणमा अग्रपङ्तिमा खटिरहेको जिल्लाका सबै स्थानीय तह, जिल्ला अस्पताल, एम्बुलेन्स चालक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस धनकुटा, पत्रकार महासंघ धनकुटा, विद्युत प्राधिकरण धनकुटालाई सहयोग पठाएको समाजका अध्यक्ष प्रदेश राईले जानकारी दिनुभयो ।

राईका अनुसार धनकुटामा पिपिइ २ सय ५० थान, एन ९५ माक्स २ सय थान, सर्जिकल माक्स ४ हजार थान, थर्ममिटर ९ थान, ह्याण्ड सेनिटाइजर ४ सय ५० मिलिलिटरको ७५ थान, सेफ्टी गोल्ब्स ५० पिस, गोल्ब्स १० बाकस र फेस सेन्ट एक सय १० पिस रहेका छन ।

अध्यक्ष राईले आफूहरु जहाँ रहेपनि धनकुटेलीको साथ र सहयोगमा सधै रहिरहने र परिआएको विपदमा जहिले पनि सकेको सहयोग गरिरहने बताउनु भयो । धनकुटा कोरिया समाजले पठाएको सहयोग सामाग्री पत्रकार महासंघ धनकुटा र रेडक्रस धनकुटाको संयोजनमा सम्बन्धित निकायमा हस्तान्तरण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।