कृषि प्राविधिक भन्छन,- धनकुटा र तेह्रथुम जिल्लामा समेत सलह आउन सक्छ

धनकुटा खबर । अफ्रिकी मुलुकमाबाट पाकिस्तान भारत हुदै नेपाल प्रवेश गरेको सलह किरा धनकुटा र तेह्रथुम जिल्लामा समेत आउन सक्ने कृषि प्राविधिकले बताएका छन् ।

असार १६ देखि १८ गते भित्र धनकुटा र तेह्रथुम जिल्लामा सम्म सलह आउन सक्ने जानकारी प्रदेश मन्त्रालय बाट कृषि ज्ञान केन्द्र धनकुटा लाई जानकारी भए पनि अहिले सम्म यी जिल्लामा सलहको प्रकोप नदेखिएको तर सलह आउने सम्भावना र जोखिम भने अझै कायम रहेको कृषि ज्ञान केन्द्र धनकुटाका वालि संरक्षण अधिकृत सुरज खनालले जानकारी दिनु भयो ।

हावाको वहाव संगै आउने यो किरा भारतको दार्जिलिङ्ग सम्म देखिएको जानकारी आएकोले धनकुटा र तेह्रथुममा समेत आउन सक्ने भएकोले यस लाई धपाउने तयारीमा प्रदेश मन्त्रालय लागि रहेको भए पनि कृषि ज्ञान केन्द्र धनकुटाले भने प्रयाप्त पूर्व तयारीमा जुटि नसकेको अधिकृत खनालको भनाई छ ।

धुवा लगाउने, ठुलो आवजको प्रयोग गरेर यो किरा धपाउन सकिने भए पनि यो कति संख्यामा आउँछ भन्न नसकिने भएकोले यसको नियन्त्रण गर्न कठिन हुने उहाँको भनाई थियो । सलह किरा नेपालका धेरै जिल्लामा देखि सकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।