धनकुटाका खेलाडीलाई फिफाको सहयोग
धनकुटा खबर । अखिल नेपाल फूटबल संघ एन्फाको पहलमा धनकुटाका फुटबल खेलाडी, प्रशिक्षक, निर्णयक र स्वयमसेवक लाई विश्व फूटबल महासंघ फिफाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कोरोना भाइरसको कारण खेल गतिविधी प्रभावित भए पछि आर्थिक कठीनाइमा रहेका ३० जना खेलाडी प्रशिक्षक, निर्णयक र स्वयमसेवक लाई फिफाले उपलब्ध गराएको ७५ हजार रुपैया आर्थिक सहयोग धनकुटा फूटबल संघले खेलाडीहरु लाई हस्तानतरण गरेको धनकुटा फूटबलसंघका अध्यक्ष गोविन्द राईले जानकारी दिनु भयो ।


