धनकुटाको पाख्रीबासस्थित खत्री डाँडामा सांसद राजेन्द्र राईले रोपे कफीको विरुवा

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ८ खत्री डाँडामा कफी खेती लगाउन शूरु गरिएको छ । आज एक कार्यक्रमको वीच प्रतिनीधिसभा सांसद राजेन्द्र कुमार राईले कफीको विरुवा रोप्दै यो खेतीको उद्घाटन गर्नुभएको हो ।

नगरको कार्यक्रम अन्र्तगत यहाँ कफी खेतीकोको शूभारम्भ गरिएको नगर प्रमुख तथा मुगा पाख्रीवास कृषी सहकारी संस्थाका सल्लाहकार वृष वहादुर राईले वताउनुभयो । प्रमुख राईका अनुसार गत आर्थिक वर्ष तेखिमे कृषि परामर्श सेवा फर्मले यो नगरको समून्द्र सतहको ६ सय देखी १६ सय मिटर सम्म ८४ लाख कफी को विरुवा लगाउन सकिने अनुसन्धान गरेको छ ।

सोही अनुसार कफी खेती विस्तारका लागि नगरले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मार्फत नै कफी पकेट क्षेत्र घोषणा गरेर १० लाख वजेट समेत विनियोजन गरेको प्रमुख राईले वताउनुभयो । यो खेतीले कृषि,पर्यटन र आर्थिक विकास टेवा पुग्ने नगरको अपेक्षा छ ।

खत्री डाँडाको करिव ५ सय रोपनी जग्गा क्षेत्रफलमा भोलि र पर्सि सम्म ३५ सय विरुवा रोप्ने लक्ष रहेको ८ नं वडाध्यक्ष सिताराम राईले वताउनुभयो । मुगा पाख्रीवास कृषी सहकारी संस्थाका अध्यक्ष रेवत वहादुर थापाको अधयक्षतामा सञ्चालित कार्यक्रममा स्थानिय जनप्रतिनीधि सहित सशस्त्र प्रहरीवल र सम्वन्धित संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।