धनकुटाका किसानलाई साढे ६१ लाख राहत
धनकुटा खबर । भूमी ब्यबस्था तथा कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाईरसबाट प्रभावित धनकुटाका १ सय ८१ जना किसानले राहत रकम दिएको छ ।
तरकारी-च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम अन्तर्गत बिभिन्न ३ शिर्षकमा सन्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो ।
शोमबार मन्त्रालयले जिल्ला समनवय समिति धनकुटाको समन्वयमा एक कार्यक्रम गरी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगरले किसानलाई ६१ लाख ५४ हजार बरावरको राहत उपलब्ध गराएका थिए ।

समन्वय समितिका सभापति टंक चौहानको अन्यक्षतामा भएको उक्त कार्यक्रममा धनकुटाका प्रदेश सभासद्द्वय निरन राई र ईन्द्रमणि पराजुली लगाएत धनकुटाका स्थानिय तहका मेयर तथा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


