साम्वुगाउँ ए छिन्ताङले हात पार्यो खाल्साथुम फुटवल प्रतियोगिताको जीत !
शर्मिला राई, धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका खाल्साथुम छिन्ताङ युवा क्लवको खेल मैदान पुँवालेडाँडामा सञ्चालित प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिताको जीत साम्वुगाउँ “ए” छिन्ताङले हात पारेको छ ।
आज भएको फाईनल खेलमा भक्तवोलना स्मृती युवा क्लव “वि” सँग भिडेको उस्ले १-० गोल अन्तरले जीत हाँसिल गरेको हो । जीत सँगै उस्ले नगद ५० हजार ५ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । भने दोश्रो स्थानमा चित्त वुझाएको भक्तवोलना युवा क्लवले नगद २५ हजार ५ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रापा १२ धरान सुनसरीका वरदान राई घोषित भए भने उत्कृष्ट मिडफिल्डर रापा १२ कै शंकर मगर घोषित भए । रापा १२ कै मञ्जिल राई वेष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक प्रतियोगिता विजेता टिम साम्वुगाउँ “ए” का आदेश राई र उत्कृष्ट गोल किपर साम्वुगाउँ “ए” कै विशाल राई घोषित भएको भए ।
विजेता समूह र खेलाडीहरुलाई प्रदेश नं १ का प्रदेशसभा सदस्य निरेन राई, शहिदभूमीगाउँपालिका अध्यक्ष मनोज राई, २ नं वडाध्यक्ष रत्न वहादुर राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता आयोजक खाल्साथुम छिन्ताङ युवा क्लवका अध्यक्ष वसन्त राईको अध्यक्षतामा सञ्चालित प्रतियोगिता समापन कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य निरेन राईले खेल मैदान स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा १० लाख वजेट प्रदान गरिने वताउनुभयो ।


