पशुपतिनाथमा विशेष पूजा, भक्तजनको आकर्षण बढ्दै

काठमाडौँ, चैत ४ गते । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गतवर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउने क्रम बढ्न थालेको हो ।

महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा रु ३१ लाख १२ हजार ३०० को विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

महाशिवरात्रिका दिन रु पाँच हजार १०० र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो । रु पाँच हजार १०० को विशेष पूजा ३७५ र रु ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उहाँले सुनाउनुभयो । रु पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र रु ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।

यही फागुन २५ गतेदेखि रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिका अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गतवर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिर बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

कोरोना जोखिमका कारण यस वर्ष महाशिवरात्रिमा पनि पशुपतिनाथ मन्दिरमा कम भक्तजन आएका छन् । जसका कारण पशुपतिको महाशिवरात्रिका दिनको आयमा प्रभाव परेको कोषले जनाएको छ । गतवर्ष महाशिवरात्रिका दिन रु १० लाखभन्दा बढी भेटी उठेको थियो । यस वर्ष भने रु छ लाखको हाराहारीमा मात्र जम्मा भएको जनाइएको छ ।

महाशिवरात्रिको दिनदेखि पशुपतिनाथ मन्दिर साबिकअनुसार खुला भइसकेको छ । मन्दिर बिहान ५देखि बेलुकी ७ बजेसम्म खुला हुन थालेको छ । गतवर्ष चैत ११ देखि बन्द रहेको मन्दिर नौ महिनापछि पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो २ बजेसम्म मात्र खुला हुने गरेको थियो ।

यसबीचमा पशुपतिनाथ मन्दिरको नित्य पूजा र भोगका समयमा भने करिब एक घण्टा मन्दिर बन्द हुने गरेको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि भने साबिकअनुसार नै मन्दिर खुला भइरहेको कोषले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖