शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।

बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो ।
लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखाँै विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖