महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन

ललितपुर, १७ चैत (रासस) ः
ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गर्नुभयो । सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराउनुभयो ।

केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो । जस्मा मात्र बहुअपाङ्गता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ ।” महानगरपालिका कार्यालयमा एक बस्ने कक्ष, तलमाथि गर्न लिफ्ट, अपाङ्गतामैत्री शौचालय, बगैँचा, फुटपाथ र सवारीसाधनसमेत उपलब्ध रहेको उहाँले आँैल्याउनुभयो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सो महानगरपालिकाले बहुअपाङ्गता भएका व्यक्तिका लागि सवारीसाधन उपलब्ध गराएर उदाहरणीय काम गरेको चर्चा गर्नुभयो । सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेका कार्यक्रममा बताइयो ।

सो क्याबमा चार जना ह्वीलचेयरसहित पछाडि र अगाडि बस्न मिल्छ । बहुअपाङ्गता भएका व्यक्ति सविना डङ्गोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका पाङ्गणबाट केन्द्रको कार्यालयसम्म सवारीसाधन चढाएर सञ्चालनमा ल्याइयो ।
–––

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।