भाइले अ,पराध गर्यो’ भन्दै १०० मा दिदीको फोन

काठमाडौं, एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे।

ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए। त्यसपछि चालकले ट्र्याक्टर फर्काए। घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्‍याए। तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना। उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्‍याएका थिइन्।

घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए। परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे। राना भने पाल्पास्थित दिदीको घरमा पुगे। त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो। अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए। उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फालिदिए।’

उनी घटना सुनेर झस्किइन्। गाहालाई भाइसरह सम्झिइन्। यस्तो घटना लुकाउन हँुदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन्। त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन्। भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढिन्।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।