राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाउन आग्रह

काठमाडौँ,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पु¥याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा आज उहाँले सकारात्क विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । समाजका नव निर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार सङ्कलनका क्रममा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि आफ्नो नेतृत्व सधै तयार रहने प्रतिबद्धता जनाउनुभयो ।

यही चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुुई वर्र्षे कार्यकालका लागि निर्वाचित हुनुुभएको छ ।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने तथा तस्वीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रहीआएको छ । उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ पत्रकार सदस्य कायम हुनुुहुुन्छ । नवनिर्वाचित सबै पदाधिकारीलाई आज अध्यक्ष तिमिल्सिनाले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।