सजिवन विक्रि गरेर किसानले राम्रो आम्दानी गर्दै

धनकुटा,१० बैशाख । धनकुटाको बेसीँ क्षेत्रका जंगलमा पाइने सजिवन विक्रि गरेर यस क्षेत्रका किसानले राम्रो आम्दानी गर्न थालेका छन् साथै पछिल्लो समय यसको व्यावसायीक खेति गर्न समेत थालिएको छ ।

बारी तथा जंगलमा उत्पादन भएको सजीवन टिपेर मुलघाट सहित कोशी लोकमार्गको छेउछाउ बसेर यात्रु तथा तरकारी व्यापारी लाई बिक्रि गर्ने यहाँका स्थानियहरुले राम्रो आम्दानी लिन थालेका छन् । जंगलमा पाईने तरकारी मध्ये एक लोकप्रिय तरकारी सजीवन बने संगै यसको व्यापार समेत फस्टाउदै गएको छ ।

मानव शरीरलाई आबश्यक पर्ने पोषक तत्व प्रसस्त पाइने भए पछि धनकुटाको मुलघाटबाट तराई झर्ने र माथिल्लो क्षेत्र जाने जोकोहिको लागि अहिले कोसेली बन्ने गरेको छ सजीवन । एक दशक अघि सम्म बिक्रि बितरणनै नहुने सजीवन पछिल्लो समय भने तरकारीको रुपमा लोकप्रिय भन्दै गएको र अहिले यसको व्यापार पनि राम्रो रहेको धनकुटा नगरपालिका ९ की मनमाया निरौला बताउँनु भयो ।

पानी कम भएको सुख्खा क्षेत्रमै खेती गर्न सकिने यो तरकारी बालि यो समुद्र सतहबाट १२०० मिटरको उचाइ सम्म खेती गर्न सकिन्छ । धनकुटाको तमोर र अरुण नदि आसपास सहित बेसीँ क्षेत्रको करिब १५ हजार हेक्टर क्षेत्रफलमा यसको खेती गर्न सकिने बताइन्छ । यसको जरा बाहेक सम्पुर्ण चिज प्रयोग हुन्छ ।

फल सब्जी खान प्रयोग हुन्छ भने बोक्रो, काठ, फुल, मुन्टा र पातको धुलो बनाइ मसलाको रुपमा भान्सामै प्रयोग गर्न सकिने र बिश्वका अन्य मुलुकमा सब्जी सगै मसलाको रुपमा समेत प्रयोग गर्ने गरीएको कृषि अभियानता जीवन राईले बताउँन’ भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।