छथर जोरपाटीमा असिनाबाट ४८ करोडको क्ष’ति
नारायण कुमार राई/धनकुटा,१० बैसाख । बैसाख २ गते परेको असिना पानीबाट पालिकामा ४८ करोड बराबरको तरकारी,फलफुल तथा नगदेबाली न’ष्ट भएको पालिकाले जानकारी दिएको छ ।

कृषि शाखाले गरेको अनुगम तथा सार्वजनिक सूचना जारी गरी संकलन गरेको बिवरण अनुसार पालिकाको वडा नं।२,५,६ मा लगाईएको सबै बालीहरु र अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा बढी वडा नं।६ मा २० करोड भन्दा बढीको सब्जी तथा अन्य बालीहरुको क्षती भएको छ । त्यसपछि वडा नं।५ मा १३ करोड र वडा नं। २ मा ११ करोड बरावरको क्षति भएको छ ।
पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको छ ।
७ गते मंगलबार बसेको पालिकाको बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ,प्रदेश र सम्बिन्धित निकायहरुमा पहल गर्ने निर्णय गरेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
असिनाबाट काउली,बन्दा,आलु,रायो,मटरकोसा,खुर्सानी,मकै,गोलभेडा,काँक्रो,अलैची,अम्रिसो,घाँस तथा फलफल र केहि चौपाया क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।


