कुखुरालाई रोगविरुद्धको कसरी बनाइन्छ दूधको भ्याक्सिन ?

कुखुरा व्यवसायीहरू नेपालमा उत्पादित धुलो दूध (एसएमपी) प्रयोग गर्न तयार भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालकै एसएमपी प्रयोग गर्न आग्रह गरेअनुसार कुखुरा व्यवसायीहरू उक्त निर्णयमा पुगेका हुन्।
भारतबाट कमसल धुलो दूध ल्याइरहेका कुखुरा व्यवसायीहरूलाई नेपालमै उत्पादन भएर थन्किएको धुलो दूध खरिद गरी प्रयोग गर्न मनाउने अभिप्रायले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले जेठ १ गते कुखुरा व्यवसायी तथा डेरी उद्योगीहरूसँग छलफल गरेको थियो।

कोभिड–१९ कारण धुलो दूध भण्डारमा थन्किएको र त्यो बिक्री नभएका कारण किसानलाई बक्यौता रकम तिर्नसमेत नसकेको भन्दै कुखुरा व्यवसायीलाई धुलो दूध खरिदका लागि आग्रह गरिएको थियो। सो आग्रहबमोजिम नेपाल पोल्ट्री महासङ्घले एक विज्ञप्ति जारी गरी नेपालकै उत्पादित धुलो दूध प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।

कुखुरालाई चार पटक खोप दिइन्छ। रानीखेतको दुईपटक र गम्बा र आईबी रोगविरुद्धको खोप एक–एक पटक दिइन्छ। कान्तिपुर भेट डिस्ट्रिब्युटरका बजार प्रमुख ऋषि बडालका अनुसार पहिला त्यो खोप सुई (इन्जेक्सन) मार्फत दिइन्थ्यो तर त्यो प्रभावकारी नदेखिएपछि दूधमार्फत दिन थालिएको छ। उनले भने, “कुखुरालाई दिइने खोपलाई हामीले धुलो दूधमा मिसाएर खुवाउँछौँ।” एक लिटर पानी र एक किलो धुलो दूधलाई मिसाएर झोल बनाइन्छ। त्यसपछि त्यो झोलमा खोपका लागि तयार पारेको झोल त्यसमा मिसाइन्छ। कति कुखुरालाई खुवाउने हो त्यसको मात्राअनुसार त्यो झोललाई पानीमा मिसाएर कुखुरालाई खुवाइन्छ।

उनका अनुसार एक हजार कुखुराका लागि १६ लिटर पानी चाहिन्छ। धुलो दूध मिसाइएको खोप खुवाउन कुखुरालाई कम्तीमा तीन घण्टाअघि देखि पानी दिन बन्द गर्नुपर्छ। तीन–चार घण्टापछि कुखुरालाई धुलो दूध मिसिएको झोल दिएपछि तिर्खाएका कुखुराले पानी सम्झेर खान्छन्। गोरखापत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖