भारतीय समकक्षीलाई भण्डारीद्वारा पत्र

नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दस लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।

नेपालले दस लाख मात्रा खोप खरिदका लागि पहिल्यै रकम भुक्तान गरिसकेको छ । सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका छन् ।

सो पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण उत्पन्न सङ्कटले त्यहाँको धेरै जनताको ज्यान गएकोमा दुःख प्रकट गरेकी छन्। महामारीबाट प्रताडित रहेको अवस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन् ।

अझ नेपाल–भारतबीच रहेको खुला सिमानाले नजिक बनाएको सम्बन्धका कारण पनि थप साझेदारी र सहकार्य आवश्यक रहेको उनले औँल्याएकी छन् । उनले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद प्रकट गरेकी छन् ।

राष्ट्रपतिले लेख्नु भएको कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयले मङ्गलबार नै भारतीय राष्ट्रपतिको कार्यालयमा पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

नेपालले भारतसँग २० लाख मात्रा कोभिसिल्ड खोप खरिदका लागि भुक्तान गरेकोमा दस लाख मात्रा मात्र खोप नेपाल आएको छ ।

भारतमै कोरोना तीव्र प्रसार भएपछि बाँकी दस लाख मात्रा भारतले दिन सकेको छैन । सोही खोपका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलमार्फत सहजीकरणका लागि अनुरोध गरिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖