सहमति नजिज पुगेको एमाले एकता एकाएक यसकारण अल्झियो

एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो।

त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे पनि। बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो। सहमतिको खाका तयार भयो।

कार्यदलका सबै सदस्य पनि सहमत भए। दुवै पक्षका नेताले बिहीबार निष्कर्षमा पुग्ने दाबी गरेका थिए। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहेका थिए।

नेपाल पक्षका नेता एकता निष्कर्षमा पुग्ने विषयमा अझ उत्साहित भएका थिए। नेता गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे एकता निश्कर्षमा पुगेको भन्दै अभिव्यक्ति दिइरहेका थिए। कार्यदल संयोजक भीम रावल पनि छिट्टै टुंगोमा पुग्नेमा विश्वस्त थिए।

संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङ बिहीबारै निष्कर्ष पुग्ने जोडबल भइरहेको बताइरहेका थिए। कार्यदलकै प्रयासमा बुधबार बेलुका अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराइएको थियो।

कार्यदलले चार दिनदेखि दिनहुँ बैठक बसेर एकताको प्रयास गरिरहेको थियो। तर, बिहीबार बेलुका एकता घोषणा हुने भन्ने विषय एकाएक स्थगन भएको छ। शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि एकताको घोषणा हुन नसकेको स्रोतले बतायो।

भेटवार्तामा नेपालले ओलीसमक्ष आगामी दिनमा हुने हरेक निर्णय दुई नेताबीचको सहमतिमा हुनुपर्ने, पार्टीमा महत्वपूर्ण जिम्मेवारी आफूलाई दिनुपर्नेलगायत विषयमा ठोस सहमति हुनुपर्ने प्रस्ताव गरेको बताइएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।