परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नसमेत सरकारलाई निर्देशन दिइएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलेले कोरोना संक्रमण ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिइएको बताइन् ।

राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाए । बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिइसकेको छ ।

बोर्डले परीक्षा लिन सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ । कक्षा १२ मा झन्डै पौने ४ लाख विद्यार्थी छन् । गत जेठमा तय परीक्षा कोभिड संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । राजधानी दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।