नागमूर्तिको अनावरणसहित विधिपूर्वक पूजा

गण्डकी, २९ साउन नागपञ्चमीका अवसरमा पोखरा–१७ म्युजियममार्गमा सामूहिकरूपमा नागको पूजा आराधना गरिएको छ । धार्मिक विधिपूर्वक नागथानमा पूजा गरेपछि मात्र घरका मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ ।

घरको मूलढोकामा नागको चित्र टाँस गरी पूजा गर्नाले प्राकृतिक प्रकोप नपर्ने, लक्ष्मीको बास हुने हुँदा रोग व्यादीले दुःख नदिने खेतीपाती राम्रो हुने जनविश्वासका साथ परम्परादेखि नागको पूजा गरिँदै आएको नागथान निर्माण समितिका अध्यक्ष चेतनदान शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो स्थानमा शिवलिङ्गसहित पाँच शिर भएका नागको मूर्ति निर्माण गरी पाँच दिनसम्म धार्मिक विधिपूर्वक पूजापाठ गरी प्राणप्रतिष्ठा गरिएको नाग मूर्तिको आज अनावरण गरिएको हो ।

नागथान निर्माण तथा नागमूर्ति स्थापनाका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिको स्वस्र्फूत सहयोगबाट रु तीन लाख ५४ हजार ४०४ सङ्कलन भएको जनाउँदै उहाँले उक्त निर्माणका लागि रु दुई लाख तीन हजार ११५ खर्च भएको स्पष्ट पार्नुभयो ।

नागथान निर्माणका लागि पाँच हजारभन्दा माथि आर्थिक सहयोग गर्ने सङ्घसंस्था र व्यक्ति गरी ३१ जना रहनुभएको छ । खर्च गरेर बाँकी रहेको रकमबाट नियमित नागको पूजा गर्नुका साथै सो स्थानको सरसफाइमा विशेष ध्यान दिइने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।