भोलि साउनको अन्तिम सोमबार ! सोमबारे ब्रत तथा पूजाको यस्तो छ महत्व

भोलि यो वर्षको साउन महिनाको तेस्रो सोमबार। हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित गरिएको छ। धेरै मानिसहरूले सोमबार भगवान शिवको पूजा गर्छन्। केही व्यक्ति सोमबार भगवान शिवको लागि व्रत पनि राख्छन्।

सोमबारको दिन केहि उपाय गर्नाले भगवान शिव छिट्टै प्रशन्न हुन्छन् र तपाईंको मनोकामना पूरा गर्छन्। साउन महिनाको सोमबारलाई अत्यन्त महत्वपूर्ण दिन मानिन्छ।

आज हामी तपाईंलाई साउन महिनाको सोमबारको महत्व र यस दिन भगवान शिवलाई कसरी प्रशन्न गर्न सकिन्छ भन्ने बारे बताउँछौं।

सोमबार व्रत तथा पूजाको महत्व

यस्तो विश्वास गरिन्छ कि जसले सोमबारको दिन भगवान शिवको पूजा गर्छ र उपवास राख्छ उसले सधैं भगवान शिवको आशिष् प्राप्त गर्छ। भोलेबाबाले आफ्ना भक्तका हरेक मनोकामना पूरा गर्छन्।

सोमबारको व्रत राख्नाले जीवनमा रहेका दुःख, रोग, कलह, समस्या र वित्तीय कठिनाइ हटेर जानेछ। विवाह सम्बन्धि समस्या छ भने पनि सोमबार व्रत राख्नु सकारात्मक हुन्छ।

सोमबारको दिन गर्नुहोस यी उपाय

सोमबार बिहान स्नान गरेर १०८ पटक महामृत्युंजय मन्त्र जप गर्नुहोस्। यसो गर्नाले जीवनमा सुख-समृद्धि प्राप्त हुन्छ। सोमबार शिवको पूजामा बेल पत्र, अक्षता, चन्दन, धतुरो अर्पण गर्नुहोस्।

यसो गर्नाले भगवान शिव छिट्टै प्रशन्न हुन्छन्। भगवान शिवलाई सोमबार अभिषेक गर्नाले विवाह सम्बन्धी सबै समस्याहरू हट्नेछ। हरियो, रातो, सेतो, पहेंलो वा आकाश रंगको कपडा लगाएर सोमबारको पूजा गर्नुहोस्।

शिवको पूजा गर्दा नगर्नुहोस् यस्ता कार्य

भगवान शिवलाई प्रशन्न पार्नको लागि निकै सजिलो हुन्छ तर सानो गल्तीले पनि भोले बाबा रिसाउनु हुन्छ। सोमबारको पूजा कहिल्यै कालो कपडा लगाएर गर्नु हुँदैन।

भगवान शिवको पूजामा तुलसीको प्रयोग निषेध गरिएको छ। भगवान शिवलाई नरिवलको पानी कहिले पनि चढाउनु हुँदैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।