पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल सुरु

कैलाली, ३२ साउन ;सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ।

भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका पसल–पसलमा स्थानीयवासीको भीडभाड देखिन्छ । विभिन्न थरीका खाना पकाउनका लागि सामग्री किनमेल गर्न महिला गृहिणीलाई भ्याइनभ्याइ छ ।

कोरोना सङ्क्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने ग्राहकको पुरानो अवस्थामा झै उत्तिकै चाप देखिन्छ । गाउँघरतिर स्थानीय कुटानीपिसानीका लागि मिल धाउने काममा मानिसहरु व्यस्त देखिन्छन् । त्यस्तै घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुने लगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताउनुभयो ।

“गाउँ घरतिर जसका घरमा गाई भैँसीको दूध, दही, मही हुँदैन त्यस घरमा दूध, दही, महीलगायत बाँड्ने चलन छ”, पुरोहित जोशीले भन्नुभयो,“जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस्’ अर्थात ‘सितन’ भन्ने गरिन्छ ।” विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

यस पर्वमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, स्थानीय लोक भाकामा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीयवासीको भनाइ छ ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ््यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताउनुुहुन्छ । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।