काङ्ग्रेस महाधिवेशन तर्फ,भदौ १८ गते नगर अधिवेशन

नेपाली काँग्रेसले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।

पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको प्रारम्भ गरेर महाधिवेशनको शुभारम्भ गरिने भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट गरेको छ । निर्वाचन समितिका संयोजक महादेव यादवले अब कुनै खालको समस्या नरहेकाले महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जानकारी दिए । पार्टीले अहिलेसम्म ५६ जिल्लाका क्रियाशील सदस्यताको विवाद समाधान गरी ५३ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको छ । गोरखापत्रमा खबर छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।