रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी ,देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।

केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ ।

माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ । नेपाल समाचारपत्रमा खबर छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।