अरु पार्टीमा मन्त्री बन्न हानथाप हुँदा माओवादीले भने मन्त्री छान्यो
सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।
मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने।
जसपा कार्यकारिणीको बैठकमा मन्त्रीको नाम तय गर्न नसकेको र पछि शीर्ष नेतालाई जिम्मा दिइएको छ। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छनौटको जिम्मा दिएको यादवका प्रेस संयोजक महेश चौरसियाले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।


