पाख्रीबासमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम

धनकुटा, २८ मंसिर ।डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले धनकुटाको पाख्रीबासमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ बैंकले आज पाख्रीबास ४ स्थित ह्यॉंग आउट रेष्टुरेन्ट(पाख्रीबास तालतलैया) को सभाहलमा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको हो ।

डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्न अभ्यस्त बनाउने लक्ष्यका साथ डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको ग्लोबल आइएमई बैंकका प्रदेश नम्बर १ का प्रमुख सुवास सापकोटाले बताए ।

कार्यक्रममा सहभागीलाई मोबाइल सेटबाटै डिजिटल बैंकिङको प्रयोग, डिजिटल बैंकिङ सेवा लिने विधि, फाइदा तथा यसको सुरक्षाका बारेमा जानकारी दिइएको छ । डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पुर्‍याएर घरैमा बसी–बसी बैंकिङ कारोबार गर्ने वातावरण बनाउनका लागि वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरिएको ग्लोबल आइएमई बैंकका डिजिटल बैंकिङ डिपार्टमेन्टका अफिसर विजय सापकोटाले बताए ।

कार्यक्रममा सो बैंकका मार्केटिङ डिपार्टमेन्टका रिलेसनसीप अफिसर दीप्ति ढुंगेलले डिजिटल बैंकिङ अनिवार्य रूपमा लागू हुँदै गएकाले यसको प्रयोग गर्ने विधिका बारेमा सबैले जानकारी राख्नुपर्ने समय आएको बताएकी छन् ।

कार्यक्रमको अनौपचारिक रुपमा सहभागीलाई स्वागत र संचालन पाख्रीबास शाखाका प्रमुख यदु कुमार श्रेष्ठले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖