एमालेमा फेरी अर्को विद्रोह हुँदै
नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ।
कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। ‘एमालेमा अर्को वि’द्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन्।उनी झापादेखि डडेलधुरासम्म हुने पार्टी कार्यक्रममा आफैं गइरहेका छन्। काठमाडौंमा हुने ससाना कार्यक्रममा पनि अध्यक्ष नेपाल स्वयं सहभागी भएर नेताकार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन्। सोही पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नै पहिलो स्रोत भएकाले त्यहींका नेताकार्यकर्तालाई पार्टीमा तान्नुलाई प्राथमिकता दिइएको बताए। ‘एमालेबाट वि’द्रोह गरेका नेताहरू नै संगठन निर्माणमा लाग्नुभएको छ। उहाँहरूले नै संगठन निर्माण र कार्यकर्ता परिचालन गर्नुभएको छ,’ उपमहासचिव खतिवडाले भने।
उनका अनुसार नयाँ युवा पनि पार्टीमा आइरहेका छन् तर एमालेकै नेताहरू भने बढी नै एकीकृत समाजवादीमा संगठित भएका छन्। अहिले देशव्यापी रूपमा प्रशिक्षणको कार्यक्रम चलिरहेको सो पार्टीले जनाएको छ। तीन प्रदेशमा प्रशिक्षण कार्यक्रम सकिएको छ। चौथो चरणमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भइसकेको छ। धेरैजसो नगरपालिका, जिल्ला, प्रदेश र सम्पर्क कमिटी बनिसकेका छन्। प्रवक्ता खतिवडाका अनुसार मनाङबाहेक सबै जिल्लामा कमिटी गठन भइसकेका छन्। जिल्ला कमिटीहरूले पनि आफ्नो कार्ययोजना बनाएर संगठन निर्माण सुरु गरिसकेका छन्। काठमाडौं जिल्लाले पनि पुस २० गतेभित्र संगठन अभियान टोली निर्माण सम्पन्न गरिसक्नेगरी कार्यक्रम तय गरिसकेको छ। सो अभियानअन्तर्गत माघ २ देखि सुरु गरेर पहिलो चरणको अभियान फागुन २ मा सक्नेगरी प्रत्येक वडामा कम्तीमा १० टोली परिचालन गर्ने, प्रत्येक टोलीमा कम्तीमा १० जनालाई पार्टी सदस्य बनाउने योजना बनाइएको छ। नागरिक दैनिकमा यो खबर छ ।
यो पनि पढ्नुहोस्…काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै एमसीसी पास गराउँको लागी निकै जोडबल लगाइरहेका छन् तर उनले भने जति सजिलो सँग एमसीसी पास हुने छाँटकाँट देखिएको छैन ।सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेसमा एमसीसी पास गराउँनु पर्छ भन्नेमा एकमत रहेको छ । सत्तागठबन्धनकै अन्य दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ठोस निर्णय लिन नसक्दा प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्दै गएका छन् । एमससीसीको पक्षमा माहोल बनाउँन देउवाले नयाँ रणनिती बनाउँन थालेका छन् ।
नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट फेरी पनि सभापतीमा निर्वाचित भएर आए पछि प्रधमानमन्त्रीको हैसियतमा देउवाले एमसीसीकै बिषयलाई प्रमुख एजेण्डा बनाएर सर्वदलीय बैठकनै आयोजना गरे तर वैठकमा काग्रेस एक्लीएको छ । देउवालाई साथ दिने बवुरो बावुराम भट्टराई भन्दा अरु कोहि नदेखिएको बताइएको छ ।सुरु देखिनै एमसीसीको समर्थक रहेका तर सार्वजनिक रुपमा आँट गरेर बोल्न डराइरहेका नेपाली काग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापालाई पनि देउवाले शिर्ष नेता सहभागी सर्वदलीय बैठकमा बोलाएका थिए । काग्रेस महामन्त्री हुने वित्तिकै सर्वदलीय बैठकमा देउवाले गगनलाई बोलाउँनुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
बालुवाटार निकट स्रोतका अनुसार सुरुमा सर्वदलीय बैठकमा सहभागी हुने नेताहरुको लिष्टमा गगन थापाको नाम थिएन पछि प्रधानमन्त्री देउवालेनै फोन गरेर बैठकमा बोलाएका थिए । एमसीसीको विषयमा छलफल हुने बैठकमा गगनलाई आफँै फोन गरेर बोलाएर देउवाले अर्थपुर्ण सन्देश दिएका छन् । गगन थापाको लोकप्रियतालाई एमसीसीको पक्षमा प्रयोग गर्ने रणनितीमा देउवा रहेको बताइएको छ ।काग्रेस उपसभापती पुर्णबहादुर खड्का , धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई नबोलाएर देउवाले गगनलाई बोलाएका थिए । प्रधानमन्त्री देउवाको चाहना गगन थापाले एमसीसीको पक्षमा क्याम्पेनिङ गरिदिउँन र माहोल बनाइदिउँन भन्ने रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । बैठकमा थापा खासै केहि नबोले पनि एमसीसी पास गर्नु पर्छ भनेर काग्रेस नेताहरुले अडान राख्दा मौन बसेर स्विकृती जनाएको बैठकमा सहभागी नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिएका छन् ।
सर्वदलीय बैठकमा देउवाले काग्रेसबाट छानीछानी एमसीसीको समर्थक नेताहरुलाई बोलाएका थिए । गगन थापा मात्रै होइन त्यस दिन डा रामशरण महत पनि निम्ताइएका थिए । काग्रेस भित्र एमसीसीका कट्टर समर्थक रहेका महतले एमसीसीका बारेमा बाहिर आएका कुराहरु सबै भ्रम हुन् भनेर प्रवचन दिएको बताइएको छ ।गगन थापाले अहिले सम्म एमसीसीको पक्षमा खुलेर बोल्न नसके पनि म पनि एमसीसीको पक्षधर हुँ भन्ने संकेत पटक पटक गरिसकेका छन् । पब्लीक सेन्टीमेन्टलाई क्याच गरेरनै नेता बनेका थापा अहिले सम्म खुलेर बोल्न आँट नगरे पनि उनी एमसीसीका खास समर्थक हुन् भन्ने कुरा अब लकाएर नलुक्ने अवस्थामा पुगेको छ ।


