ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही

काठमाण्डौँ पुष ६।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती रुपन्देही पुगेका छन् ।सोमबार राती यति एयरलाइन्सको विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै ८ बजे भैरहवा पुगेर एक होटलमा बास बसेका छन् । आज दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुगेका हुन् । पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए ।

नेताहरू नै मतदान गर्न जान्दैनन् ! प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ ।
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले समेत शक्ति प्रयोग गर्ने भएकाले पनि थाहा हुन्छ कि उनीहरु परिपक्व नेता हुन् भनेर ।

कतिपय महाधिवेशन प्रतिनिधिहरु त आफ्नो निर्वाचन क्षेत्रका झन्डै दुई हजार क्षेत्रीय प्रतिनिधिबाट चुनिएर आएका थिए । महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु पनि आ–आफ्नो वडाबाट ठूलो मिहिनेतका साथ निर्वाचित भएर आएका हुन्छन् ।कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ जनाको मतपरिणाम सार्वजनिक गर्ने क्रममा करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ । कुल खसेको ४ हजार ७ सय ५ मतमध्ये १ सय ८१ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जनाएका छन्।उनका अनुसार सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा ७६ र दोस्रो चरणमा भएको निर्वाचनमा ३५ मत बदर भएको छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्…काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै एमसीसी पास गराउँको लागी निकै जोडबल लगाइरहेका छन् तर उनले भने जति सजिलो सँग एमसीसी पास हुने छाँटकाँट देखिएको छैन ।सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेसमा एमसीसी पास गराउँनु पर्छ भन्नेमा एकमत रहेको छ । सत्तागठबन्धनकै अन्य दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ठोस निर्णय लिन नसक्दा प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्दै गएका छन् । एमससीसीको पक्षमा माहोल बनाउँन देउवाले नयाँ रणनिती बनाउँन थालेका छन् ।

नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट फेरी पनि सभापतीमा निर्वाचित भएर आए पछि प्रधमानमन्त्रीको हैसियतमा देउवाले एमसीसीकै बिषयलाई प्रमुख एजेण्डा बनाएर सर्वदलीय बैठकनै आयोजना गरे तर वैठकमा काग्रेस एक्लीएको छ । देउवालाई साथ दिने बवुरो बावुराम भट्टराई भन्दा अरु कोहि नदेखिएको बताइएको छ ।सुरु देखिनै एमसीसीको समर्थक रहेका तर सार्वजनिक रुपमा आँट गरेर बोल्न डराइरहेका नेपाली काग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापालाई पनि देउवाले शिर्ष नेता सहभागी सर्वदलीय बैठकमा बोलाएका थिए । काग्रेस महामन्त्री हुने वित्तिकै सर्वदलीय बैठकमा देउवाले गगनलाई बोलाउँनुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार सुरुमा सर्वदलीय बैठकमा सहभागी हुने नेताहरुको लिष्टमा गगन थापाको नाम थिएन पछि प्रधानमन्त्री देउवालेनै फोन गरेर बैठकमा बोलाएका थिए । एमसीसीको विषयमा छलफल हुने बैठकमा गगनलाई आफँै फोन गरेर बोलाएर देउवाले अर्थपुर्ण सन्देश दिएका छन् । गगन थापाको लोकप्रियतालाई एमसीसीको पक्षमा प्रयोग गर्ने रणनितीमा देउवा रहेको बताइएको छ ।काग्रेस उपसभापती पुर्णबहादुर खड्का , धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई नबोलाएर देउवाले गगनलाई बोलाएका थिए । प्रधानमन्त्री देउवाको चाहना गगन थापाले एमसीसीको पक्षमा क्याम्पेनिङ गरिदिउँन र माहोल बनाइदिउँन भन्ने रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । बैठकमा थापा खासै केहि नबोले पनि एमसीसी पास गर्नु पर्छ भनेर काग्रेस नेताहरुले अडान राख्दा मौन बसेर स्विकृती जनाएको बैठकमा सहभागी नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकमा देउवाले काग्रेसबाट छानीछानी एमसीसीको समर्थक नेताहरुलाई बोलाएका थिए । गगन थापा मात्रै होइन त्यस दिन डा रामशरण महत पनि निम्ताइएका थिए । काग्रेस भित्र एमसीसीका कट्टर समर्थक रहेका महतले एमसीसीका बारेमा बाहिर आएका कुराहरु सबै भ्रम हुन् भनेर प्रवचन दिएको बताइएको छ ।गगन थापाले अहिले सम्म एमसीसीको पक्षमा खुलेर बोल्न नसके पनि म पनि एमसीसीको पक्षधर हुँ भन्ने संकेत पटक पटक गरिसकेका छन् । पब्लीक सेन्टीमेन्टलाई क्याच गरेरनै नेता बनेका थापा अहिले सम्म खुलेर बोल्न आँट नगरे पनि उनी एमसीसीका खास समर्थक हुन् भन्ने कुरा अब लकाएर नलुक्ने अवस्थामा पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖