हलेसी मन्दिरमा १८ दिनमा ३ लाख ८१ हजार भेटी संकलन

खोटाङ, खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १८ दिनमा तीन लाख ८१ हजार भेटी संकलन भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीबाट गत २३ मंसिरदेखि ११ पुससम्ममा ३ लाख ८१ हजार ५९० रुपैयाँ भेटी आम्दानी भएको हो ।

स्वदेश तथा विदेशबाट आएका दर्शनार्थी एवं पर्यटकबाट हलेसी महादेव मन्दिरभित्रको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६६५ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४७ हजार ९२६ रुपैयाँ भेटी संकलन भएको हो ।

यस अवधिमा हलेसीबाट भएका आम्दानीमध्ये ३ लाख ६२ हजार ८६३ रुपैयाँ खर्च गरेर बाँकी रहेको १८ हजार ७२७ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिएका छन् ।

संकलन भएको अधिकांश आम्दानीलाई विद्युत्, पिउने पानी, इलाका प्रहरी कार्यालय हलेसीको ना १ झ १३२९ नम्बरको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर, गणेश मन्दिर, ट्राफिकचोकमा निर्माण गरिएको मन्दिर प्रवेश द्वार रंगरोगन तथा लेखन, भेटी गणना, अतिथि, खाजा खर्च लगायतमा खर्च गरिएको छ ।

यस अवधिमा दर्शनार्थीले भारु ६ हजार ६० रुपैयाँ र चाँदी २३.६ ग्राम चढाइएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖